बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्ततः सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति

बुधबार, २९ असार २०७९, २३ : ०७
बुधबार, २९ असार २०७९

अन्ततः सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति भएको छ। यसअघि दुई पक्षीबीच प्राविधिक कुरा मिल्न नसकेपछि समझदारी हुन ढिलाई हुँदै आएको थियो । बुधबार भने हिमालयनले सिभिललाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । दुई बंैक बीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् । 

नेपालको वित्तीय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एकयुजिशन नीतिको अनुसरण गर्दै दुई बंैक बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्राप्तिपछिको बैंकको नाम हिमालयन बैंक लिमिटेड नै रहने छ भने संचालक समिति हिमालयन बैंककै रहने छ ।  संचालक समिति अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा छन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने कार्यका लागि १००ः८१ शेयर स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको छ । 

हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ । त्यसैगरी जगेडा कोषमा हिमालयन बैंकको रु ८ अर्ब ३ करोड  र  सिभिल बैंक लिमिटेडको रु २ अर्ब ९१ करोड रहेको छ । कर्जा लगानीतर्फ  हिमालयन बैंकको रु १ खर्ब ५८ अर्ब तथा सिभिल बैंकको रु ८६ अर्ब ७४ करोड रहेको छ भने निक्षेपतर्फ  हिमालयन   बैंकको रु १ खर्ब ७२ अर्ब तथा सिभिल बैंकको रु ९३ अर्ब ३३ करोड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप