काँग्रेस बैठकमा कड्किए देउवा–काम गर्न दिनुभएन भने तेस्रो पटक पनि सभापति बन्छु
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शेखर कोइराला पक्षमाथि खनिएका छन् । उनले आफूलाई असहयोग जारी रहे तेस्रो पटक पनि पार्टी सभापति बन्ने चेतावनी दिएका छन् । काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गर्दै पार्टी प्यालेस चहारेको भन्दै आक्रोशसमेत पोखे । भेला आयोजना गर्ने भए पार्टी कार्यालयमै गर्न पनि उनले सुझाव दिए ।
‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ’, देउवाले भने । उनले आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको पनि बताए ।
बैठकमा बोल्दै कोइराला पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गर्दा पार्टी हार्ने धारणा राखेपछि देउवा कड्किएका थिए । ‘गठबन्धन बने केही उम्मेदवारले जित्लान् तर पार्टी हार्छ’ गौतमको भनाइ थियो, ‘चुनावमा गठबन्धन नगरी पार्टी लड्न्पर्छ ।’ गौतमको भनाइ प्रतिवाद गर्दै देउवाले गठबन्धन नभई पार्टीले कसरी जित्छ भन्दै प्रतिवाद गरेका थिए । ‘तपाईँ आफू जित्नका लागि गठबन्धन चाहिएको छ । तपाईँ गठबन्धन नगरी चुनाव जित्न सक्नुहुन्छ ?’, देउवाको आक्रोश थियो ।
सोमबारदेखि जारी बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आजको बैठक बिहीबार पुनः बस्नेगरी स्थगित भएको छ । आजको बैठकमा प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाई, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुंगाना, राजीवबिक्रम शाह, डा चन्द्रमोहन यादव, चम्पादेवी खड्का, मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना र जीवन रानाले आ–आफ्नो धारणा राखेको काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण