शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको विकास निर्माणमा यस्ता छन् ८ समस्या

बुधबार, २९ असार २०७९, १७ : ५६
बुधबार, २९ असार २०७९

महालेखा नियन्त्रक कार्यालयले नेपालमा तीव्र गतिमा विकास निर्माण हुन नसक्नुको कारण केलाएको छ । आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमार्फत कार्यालयले विकास निर्माण हुन नसक्नुको कारण केलाएको हो ।

जसअनुसार, राष्ट्रिय निर्माण क्षमताको मापन हुनु नसक्नु, चालू खर्चको तुलनामा पूँजीगत खर्चतर्फ कम बजेट विनियोजन हुनु लगायतका समस्या देखाइएको छ । यसैगरी, पूँजीगत बजेट खर्च न्यून हुनु, प्रविधि तथा उपकरणको पर्याप्त उपलब्धता नरहनु जस्ता समस्याले समेत तीव्र गतिमा विकास निर्माणका काम हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।

यसका साथै, सार्वजनिक खरिद कानुनको परिपालना हुन नसक्नु, उपभोक्ता समितिबाट जटिल र प्राविधिक काम गराइनु तथा पूर्वाधार निर्माणमा गुणस्तर कमजोर रहनु नै नेपालको विकासका बाधक भएको प्रतिवेदनमा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप