नेपालको विकास निर्माणमा यस्ता छन् ८ समस्या
बुधबार, २९ असार २०७९, १७ : ५६
महालेखा नियन्त्रक कार्यालयले नेपालमा तीव्र गतिमा विकास निर्माण हुन नसक्नुको कारण केलाएको छ । आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमार्फत कार्यालयले विकास निर्माण हुन नसक्नुको कारण केलाएको हो ।
जसअनुसार, राष्ट्रिय निर्माण क्षमताको मापन हुनु नसक्नु, चालू खर्चको तुलनामा पूँजीगत खर्चतर्फ कम बजेट विनियोजन हुनु लगायतका समस्या देखाइएको छ । यसैगरी, पूँजीगत बजेट खर्च न्यून हुनु, प्रविधि तथा उपकरणको पर्याप्त उपलब्धता नरहनु जस्ता समस्याले समेत तीव्र गतिमा विकास निर्माणका काम हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।
यसका साथै, सार्वजनिक खरिद कानुनको परिपालना हुन नसक्नु, उपभोक्ता समितिबाट जटिल र प्राविधिक काम गराइनु तथा पूर्वाधार निर्माणमा गुणस्तर कमजोर रहनु नै नेपालको विकासका बाधक भएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण