शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हु इज एम अधिकारी ? : सदनदेखि सडकसम्म खोजी (फोटोफिचर)

बुधबार, २९ असार २०७९, १७ : ४७
बुधबार, २९ असार २०७९

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नियुक्त भएका खोटाङ घर भएका ‘एम. अधिकारी’ को व्यापक खोजी भइरहेको छ । ‘एम अधिकारी’ भनेका व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको धेरैको दाबी छ । यसअघि पनि अधिकारी एमालेकै सोही विभागका सदस्य रहेका थिए । यसपटक गर्भनर पदमा भएका कारण उनको नाम छोटकरीमा ‘एम.अधिकारी’ राखिएको आरोप छ । किनभने कानुनले गभर्नर पदमा रहँदा कुनै पनि पार्टीमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ ।

यता गभर्नर अधिकारी र एमालेका नेताहरुले एम अधिकारी र गभर्नर अधिकारी फरक फरक व्यक्ति भएको दाबी गरेका छन् । तर यो प्रकरण सार्वजनिक भएको २४ घण्टा बितिसक्दा पनि प्रतिपक्षी दलले ‘एम अधिकारी’ भन्ने व्यक्ति ठ्याक्कै यिनै हुन् भनेर सार्वजनिक गर्न सकेको छैन ।  यसले गभर्नरमाथि थप आशंका पैदा भएको छ ।

एम अधिकारीको हुन् भन्ने विषय यतिबेला सदनदेखि सडकसम्म पुगेको छ । बुधबार साँझ माओवादी निकट विद्यार्थी संगठनले गभर्नर एमालेकै कार्यकर्ता रहेको पुष्टि भएको बताउँदै राजधानीमा प्रदर्शन गरेको छ । उनीहरुले गभर्नर अधिकारीको राजीनामासमेत माग गरेका छन् । उता, सेयर बजारका लगानीकर्ताहरु पनि गभर्नरविरुद्ध सडकमा उत्रिएका छन् । हेरौँ फोटोपत्रकार सुवास श्रेष्ठले खिचेका तस्बिरहरुः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप