आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन गरेर राम्राे भएकाे छ, दीर्घकालीन हुनुपर्छ : एनपी साउद

बुधबार, २९ असार २०७९, १७ : ४५
बुधबार, २९ असार २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले गठबन्धन गरेर पार्टीलाई राम्रो भएकाे बताएका छन् । पार्टीकाे बुधबारकाे केन्द्रीय कमिटी बैठकमा उनले भने, ' गठबन्धन गरेर राम्रो भएकाे छ । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएकाे छ ।' 

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गरेर जानुपर्ने साउदकाे भनाइ छ । अब गठबन्धनमात्रै नभएर दीर्घकालीन गठबन्धनकाे नीति अख्तियार गरिनुपर्ने पनि उनले बताए । पाँच दलबीच विश्वासिलो र भरपर्दो गठबन्धन गरेर जानुपर्नेमा साउदकाे जाेड थियाे । यस्तै उनले मूल्यवृद्धि नियन्त्रणमा सरकारले प्रभावकारी रुपमा  काम गर्नुपर्ने बताए । 

"पछिल्लो समय भएकाे मूल्यवृद्धिले जनताले सरकारप्रति रियाक्ट गरिरहेका छन् । मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्छ," उनले भने । यस्तै उनले पार्टीका विभाग र भ्रातृ तथा शुभेच्छुक संस्थालाई तत्काल पूर्णता दिनुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप