जसपाका तटस्थलाई फकाउँदै बाबुराम
जनता समाजवादी पार्टी नेपालको पछिल्लो विवादमा तटस्थ बसेका सांसद तथा केन्द्रीय सदस्यहरुलाई जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले फकाउने अभियान सुरु गरेका हुन् । जसपाको आन्तरिक विवादका कारण बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक जारी रहेको छ । काठमाडौँको जडीबुटीमा बाबुराम पक्षको बैठक चलिरहेको छ भने मधेस प्रदेशको वीरगञ्जमा उपेन्द्र यादव पक्षको बैठक बसिरहेको छ ।
दुवै बैठकमा केन्द्रीय सदस्य तथा सांसदहरु बाँडिएका छन् । तर कतिपय यस्ता सांसद तथा केन्द्रीय सदस्यहरु पनि छन् जो दुवै बैठकमा गएका छैनन् । बाबुराम पक्षले अहिले उनीहरुलाई फकाउन प्रयास गरिरहेका छन् । केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जसपाका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवलगायतका नेताहरुलाई भेटेका छन् ।
गौरीघाटस्थित राजकिशोर यादवको निवासमा भएको भेटघाटमा नेता पाण्डेले जसपा (बाबुराम पक्ष) मा बहुमत कायम गर्नमा सहयोग गर्न आग्रह गरिएको स्रोतले जनाएको छ । पार्टीलाई वैकल्पिक शक्ति तथा समावेशी बनाउन नयाँ ढंगले अगाडि बढ्नुपर्ने पाण्डेको आग्रह थियो । उपेन्द्र यादवको पक्षमा बहुमत पुगे पार्टी एकलौटी रुपमा अगाडि बढ्ने र तानाशाही बन्ने हुँदा पार्टी बचाउनका लागि भएपनि जसपामा बहुमत कायम गर्न सहयोगका लागि आग्रह गरेको स्रोतले जनाएको छ ।
छलफलमा सहभागी एक सांसदका अनुसार त्यसको जवाफमा नेता राजकिशोर यादवले पार्टी विभाजनको पक्षमा आफू नरहेको प्रतिकृया दिएका थिए । आफू पनि उपेन्द्र यादवको क्रियाकलापबाट सन्तुष्ट नरहेको कुरा राख्दै यादवले बैठकपछि पार्टीको अवस्था के हुने हो, त्यो हेरेर मात्र आफूले कुनै निर्णय लिने जानकारी नेता पाण्डेलाई दिएका थिए ।
अझै पनि बाबुरामको पक्षमा बहुमत रहेको छ । तर उपेन्द्र यादवले कारबाही गर्देलान् भन्ने डरले धेरै केन्द्रीय सदस्य वीरगञ्जको बैठकमा गएका छन् । बहुमत सांसद् पनि भट्टराईकै पक्षमा रहेको छ । राजकिशोर यादवले पनि सांसदको बहुमत बाबुरामकै पक्षमा रहने विश्वास नेता पाण्डेलाई दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण