आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

२ सय ६ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित १ हजार नाघ्यो

बुधबार, २९ असार २०७९, १७ : ०३
बुधबार, २९ असार २०७९

देशभर २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा रहेका छन् । काठमाडौँमा मात्रै १ सय जना नयाँ सङ्क्रमित थपिएका छन् भने ललितपुरमा १८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप ४५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप