बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

एमालेले राष्ट्रिय सरकार गठन गर्छ, चुनाव गराउँछ : पद्मा अर्याल

बुधबार, २९ असार २०७९, १७ : ००
बुधबार, २९ असार २०७९

नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले अब विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको बताएकी छन् । रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अब एमालेले सडकबाट आन्दोलन गरेर गठबन्धनको विकल्प खोज्ने बताएकी हुन् ।

उनले भनिन्, ‘एमालेले सदनबाट आवाज उठाइरहेको छ । संघर्ष गरिरहेको छ । त्यहाँबाट सुनवाइ भएन भने अब एमालेले सडक तताउनेछ । सडकबाट आन्दोलन गरेर गठबन्धनको विकल्प खोज्नेछ । एमालेले राष्ट्रिय सरकार गठनको लागि पहल गर्नेछ । किनकि यो सरकार चुनाव गर्नको लागि पनि लायक छैन । योग्य छैन । सक्षम छैन । यसले चुनाव गर्न सक्दैन । चुनावलाई चुनावजस्तो बनाउने र निष्पक्ष बनाउनको लागि पनि राष्ट्रिय सरकारले मात्रै यो चुनाव गराउनुपर्छ ।’

राष्ट्रिय सहमतिको सरकार बेगर अब मुलुक अगाडि जान नसक्ने उनको दाबी छ । उनले भनिन्, ‘मुलुक फेरि अप्ठ्यारोमा परिसक्यो । त्यसैले आजको आवश्यकत्ता यो गठबन्धनका विकल्प राष्ट्रिय सहमतिको सरकार हो । राष्ट्रिय सहमतिको सरकारबाट मात्रै मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप