शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्ड्रस्टीमा गएको २०० खर्ब खोइ फर्किएको ?

बुधबार, २९ असार २०७९, १६ : ४०
बुधबार, २९ असार २०७९

नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष अनिलकुमार उपाध्यायले इन्ड्रस्टीमा गएको २०० खर्ब नफर्किएको बताए । बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्स संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी प्यानल डिस्कसनमा बोल्दै उपाध्यायले अब लेखा (अडिट) क्षेत्रलाई पनि समयानुकूल सुधार गर्न आवश्यक रहेको बताए । बजारमा कर्जा प्रवाह हुने तर त्यसको प्रतिफल कम हुने गरेको उनले बताए । 

‘विगत १० वर्षलाई फर्केर हेर्ने हो भने ८ वर्ष त हामी क्राइसिसमै छौँ । कहिले नाकाबन्दी कहिले भूकम्प त कहिले कोरोना । यसपछि पनि अहिले तरलता अभावको भेस गर्दैछौ । यसले लगानीको वातावरण बन्न सकेको छैन । तैपनि लगानीका भनिराख्दा त्यसको प्रतिफल कति आयो भन्ने कुरा पनि हुन्छ’ अध्यक्ष उपाध्यायले भने, ‘विगत तीन वर्षमा इन्ड्रस्टीमा गएको २०० खर्ब खोइ फर्किएको ?’ यसको पनि लेखा जोखा हुनुपर्ने उपाध्यायले बताए । रिक्स र रिर्टन सँगसँगै जाने भन्दै अहिलेको कठिन परिस्थितिमा व्यवसायीहरूले पनि सहजता मात्र खोज्न नहुने उनले बताए ।

यता उद्योगी व्यवसायीहरूले बैंकिङ ब्याजदर बढेर १७–१८ प्रतिशत पुगेको भन्दै काम गर्नै नसक्ने अवस्थामा पुगेको बताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप