शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले बोलाएको बैठकमा १३० जना केन्द्रीय सदस्य सहभागी

बुधबार, २९ असार २०७९, १६ : ४१
बुधबार, २९ असार २०७९

जनता समाजवादी पाटी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको वीरगञ्जमा जारी बैठकमा १३० जना केन्द्रीय सदस्य उपस्थित भएका छन् । बैठकमा नाम नै दर्ता गराएर १३० जना उपस्थित भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । कतिपय नेताहरु नाम दर्ता नगराइकन पनि बैठकमा बसेका छन् । 

जसपाको केन्द्रीय समिति ४९९ सदस्यीय रहेको छ ।  यता मंगलबारदेखि जडिबुटीमा सुरु भएको जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठकमा १०६ जनाले नाम दर्ता गराएका थिए । यस्तै सो बैठकपनि कतिपय नेताहरु दर्ताबिनै प्रवेश गरेको बताइएको छ । दुबै पक्षका  नेताहरुले दुई सय भन्दा बढी केन्द्रीय सदस्य आफूहरुको बैठकमा उपस्थित रहेको दावी गरेका छन् । कतिपय नेताहरु भने तटस्थ बसेर कुनै पनि बैठकमा सहभागी भएका छैनन् । 

केन्द्रीय सदस्यहरु राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरीलगायतका थुप्रै केन्द्रीय सदस्यहरु कुनै बैठकमा नभएका हुन् ।  उनीहरुले आफूहरु पार्टी विभाजनको विपक्षमा रहेको कारण बैठकमा नगएको बताएका छन् । दुवै पक्षले पार्टी विभाजनका लागि बैठक बोलाएको भएर आफू त्यहाँ नगएको केन्द्रीय सदस्य रामनरेश राय यादवले बताए । 

भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक भनेर संसद, संघीय परिषद् सदस्य तथा भातृ संगठनका इन्चार्जहरुलाई पनि बैठकमा बोलाएका छन् । उता, केन्द्रीय समितिको बैठक भनेपनि यादवले संघीय परिषद्का सदस्य तथा सांसदहरुलाई पनि बैठकमा बोलाएका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप