उपेन्द्र यादवले बोलाएको बैठकमा १३० जना केन्द्रीय सदस्य सहभागी
जनता समाजवादी पाटी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको वीरगञ्जमा जारी बैठकमा १३० जना केन्द्रीय सदस्य उपस्थित भएका छन् । बैठकमा नाम नै दर्ता गराएर १३० जना उपस्थित भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । कतिपय नेताहरु नाम दर्ता नगराइकन पनि बैठकमा बसेका छन् ।
जसपाको केन्द्रीय समिति ४९९ सदस्यीय रहेको छ । यता मंगलबारदेखि जडिबुटीमा सुरु भएको जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठकमा १०६ जनाले नाम दर्ता गराएका थिए । यस्तै सो बैठकपनि कतिपय नेताहरु दर्ताबिनै प्रवेश गरेको बताइएको छ । दुबै पक्षका नेताहरुले दुई सय भन्दा बढी केन्द्रीय सदस्य आफूहरुको बैठकमा उपस्थित रहेको दावी गरेका छन् । कतिपय नेताहरु भने तटस्थ बसेर कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।
केन्द्रीय सदस्यहरु राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरीलगायतका थुप्रै केन्द्रीय सदस्यहरु कुनै बैठकमा नभएका हुन् । उनीहरुले आफूहरु पार्टी विभाजनको विपक्षमा रहेको कारण बैठकमा नगएको बताएका छन् । दुवै पक्षले पार्टी विभाजनका लागि बैठक बोलाएको भएर आफू त्यहाँ नगएको केन्द्रीय सदस्य रामनरेश राय यादवले बताए ।
भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक भनेर संसद, संघीय परिषद् सदस्य तथा भातृ संगठनका इन्चार्जहरुलाई पनि बैठकमा बोलाएका छन् । उता, केन्द्रीय समितिको बैठक भनेपनि यादवले संघीय परिषद्का सदस्य तथा सांसदहरुलाई पनि बैठकमा बोलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण