शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गगन र विश्व प्रकाशलाई चुनौती : पार्टी प्यालेसमा होइन पार्टी कार्यालयमा बोलौँ

बुधबार, २९ असार २०७९, १६ : २०
बुधबार, २९ असार २०७९

 नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले विदेशमा बसेकालाई मताधिकारको व्यवस्था गर्नुपर्ने विषयमा पार्टीमा छलफल नै नगरी पार्टीका महामन्त्रीहरू निर्वाचन आयोग गएकोमा आपत्ति जनाएका छन् । 

बुधबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारण राख्दै ढुंगानाले  उक्त विषय पहिला केन्द्रीय समितिमा छलफल हुनुपर्ने भएपनि छलफल नगरी दुई महामन्त्री निर्वाचन आयोग जानु मिल्दो नभएको बताए । ‘पार्टीको निर्णय संस्थागत हुनुपर्छ । आफूखुसी गएर कुरा गर्दै जाने हो भने भोली अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान् । त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ रु’, ढुंगानाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न गरे । 

उनले जुनसुकै निर्णय गर्दा पार्टी कार्यालयबाट गर्नुपर्ने भन्दै पार्टी प्यालेसमा गएर बोल्दैमा पार्टी नसुध्रने बताए । ‘जे कुरा गर्नुपर्छ । केन्द्रीय समितिको बैठकमा गरौं । पार्टी प्यालेसमा बोलेर पार्टी सुध्रिने हो भने किन पार्टी कार्यालयमा बैठक गर्ने रु पार्टी प्यालेसमा नगरौं’, ढुंगानाको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप