गगन र विश्व प्रकाशलाई चुनौती : पार्टी प्यालेसमा होइन पार्टी कार्यालयमा बोलौँ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले विदेशमा बसेकालाई मताधिकारको व्यवस्था गर्नुपर्ने विषयमा पार्टीमा छलफल नै नगरी पार्टीका महामन्त्रीहरू निर्वाचन आयोग गएकोमा आपत्ति जनाएका छन् ।
बुधबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारण राख्दै ढुंगानाले उक्त विषय पहिला केन्द्रीय समितिमा छलफल हुनुपर्ने भएपनि छलफल नगरी दुई महामन्त्री निर्वाचन आयोग जानु मिल्दो नभएको बताए । ‘पार्टीको निर्णय संस्थागत हुनुपर्छ । आफूखुसी गएर कुरा गर्दै जाने हो भने भोली अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान् । त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ रु’, ढुंगानाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न गरे ।
उनले जुनसुकै निर्णय गर्दा पार्टी कार्यालयबाट गर्नुपर्ने भन्दै पार्टी प्यालेसमा गएर बोल्दैमा पार्टी नसुध्रने बताए । ‘जे कुरा गर्नुपर्छ । केन्द्रीय समितिको बैठकमा गरौं । पार्टी प्यालेसमा बोलेर पार्टी सुध्रिने हो भने किन पार्टी कार्यालयमा बैठक गर्ने रु पार्टी प्यालेसमा नगरौं’, ढुंगानाको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण