शाखा प्रबन्धकलाई बिगोसहित २१ करोड ५४ लाख जरिवाना र ७ वर्ष कैद

उच्च अदालत तुलसीपुरले देव विकास बैंक (साविक वेष्टर्न डेभलमेन्ट बैंक लिमिटेड) नारायणपुरका शाखा प्रबन्धक समिर बुढाथोकीलाई २१ करोड ५३ लाख ३३ हजार ४०१ रुपैयाँ जरिवाना र ७ वर्ष कैद सजायको फैसला गरेको छ ।
बुढाथोकीले २०७४ चैत ३० देखि २०७६ जेठ १२ गतेसम्म १५ महिनाको अवधिमा ३६ वटा नक्कली कर्जा खाता सिर्जना गरी बैंकको १८ करोड ३ लाख ७२ हजार २१८ रुपैयाँ ५३ पैसा हिनामिना गरेको ठहरसहित अदालतले सो सजाय तोकेको हो ।
बुढाथोकीले ३६ वटा कर्जा खातामा १७ करोड ९९ लाख ९० कर्जा रकम सिर्जना गरी आफू, स्थानीय बसन्त बस्नेत सहित ४५ जनाको बैंक खातामा रकमान्तर गरी हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको थियो । बुढाथोकीलाई अदालतले बिगो ३ करोड ५० लाख ६० हजार ५८२ रुपैयाँ ५३ पैसा र जरिवाना १८ करोड ३ लाख ७२ हजार २२१ रुपैयाँ ५३ पैसासहित २१ करोड ५३ लाख ३३ हजार ४ सय १ रुपैयाँ र ७ वर्ष कैदको सजाय हुने ठहर गरेको हो ।
बैंकको रकम हिनामिना वर्ष दिनसम्म गुपचुपमै रह्यो । बजार आसपासका विभिन्न व्यक्तिका नाममा खाता खोलेर रकमान्तर गरी पैसा झिक्दै गरेपछि केही रकम सक्कली खातावालको खातामा पर्न गयो । नक्कली खाताको रकम सक्कली खातामा गएपछि झुक्किएर खातामा रकम गएकाले पैसा फिर्ता गरिदिन अनुरोधसहित बैंक, सक्कली खातावालहरुसँग आग्रह गरेपछि रकम हिनामिनाको कुरा बाहिर आएको थियो ।
लगत्तै बैंकका शाखा प्रबन्धक बुढाथोकीसहित ५६ जना बिरुद्ध उजुरी प¥यो । जसमध्ये अदालतले ३३ जनालाई कैद र जरिवाना तथा अन्य ३ जनालाई बिगो जरिवाना तोकेको उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलीले जानकारी दिए । उनले भने, ‘५४ जनाविरुद्ध नेपाल सरकारले मुद्दा जाहेरी गरेको थियो । बयान र घटनाको छानबिनका आधारमा ३६ जनाको मुद्दा फैसला गरिएको हो ।’
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता दीक्षित गौतम र न्यायाधीश राजुराम सिलवालको संयुक्त इजलासले शाखा प्रबन्धक बुढाथोकीसहित ३६ जनालाई कैद, बिगो र जरिवानाको फैसला गरेको हो । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर स्थित साविक वेष्र्टन बैंक लिमिटेड अहिले मर्ज भई देव विकास बैंकका नाममा सञ्चालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
-
माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
भारतबाट बुवाले २० हजारको जागिर मिलाए, ह्याकरले छोरालाई चोरीमा प्रयोग गरे
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन