आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सीएहरुको कार्यक्रममा गएनन् गभर्नर अधिकारी

बुधबार, २९ असार २०७९, १५ : ४१
बुधबार, २९ असार २०७९

मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रमहरुमा निकै व्यस्त छन् । मौद्रिक नीतिकै लागि भन्दै गभर्नर दिनहुँजसो २–४ वटा कार्यक्रममा पुग्ने गरेका छन् र सुझाव लिने गरेका छन् । 

तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् । उक्त कार्यक्रममा गभर्नर अधिकारी नै जाने पूर्वनिर्धारित सेड्युल रहेपनि अन्तमा आफु नगएर गभर्नर अधिकारीले डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाएका हुन् । 

मंगलबार नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम.अधिकारीको नाम आएपछि गभर्नरमाथि शंका उब्जिरहेको छ । तर, भोलिपल्टै आयोजित कार्यक्रममा गभर्नर अधिकारीको अनुपस्थितिले थप शंका थपेको छ । यद्यपि, गभर्नर अधिकारीले उक्त व्यक्ति आफु नभएको दाबी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप