बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ओलीको दावी : जीवनमा मानवअधिकार उल्लङ्घन गर्दिनँ

बुधबार, २९ असार २०७९, १५ : ३६
बुधबार, २९ असार २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले जीवनमा आफुले कहिल्यै मानवअधिकार उल्लङ्घन नगरेको र अव पनि नगर्ने बताएका छन् । बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु ५७ बर्षदेखि मानवअधिकारका लागि लड्दै  आएको दाबी पनि गरे । 

‘मैले अहिलेसम्म मानवअधिकारको उल्लंघन गरेको छैन र जीवनमा मानवअधिकारको उल्लघंन गर्दिनँ’, ओलीको भनाइ छ । उनले आफुलाई मानवअधिकार उल्लंघन कर्ता ठान्छ भने त्यो भुल हुने पनि बताए । उनले मानवअधिकार आफ्नो निष्ठा, उदेश्य, गन्तव्य र यात्रा भएको पनि बताए । त्यसक्रममा उनले मानवअधिकार विशुद्ध र अशुद्ध ठान्ने धारणा ‘भ्रान्ति’ हुने भन्दै कार्यक्रममा राष्ट्रिय मानवअधिकारका आयुक्तहरु नआएकोमा असन्तुष्टि पनि जनाए । उनले हरेक व्यक्ति सचेत भए मानवअधिकार उल्लङ्घन नहुने भन्दै डेमोक्रेटिक सिस्टममा आफ्ना स्वार्थ प्राप्त गर्न हिंसाको प्रयोगबाट परेज गर्नुपर्ने बताए ।

त्यसमा मुख्य भूमिका राजनीतिक दलको हुनुपर्नेमा ओलीको जोड छ । जान्ने र ठुलो हुनका लागि राजनीतिक दलका नेतालाई गाली गर्ने प्रवृति बढेको भन्दै ओलीले राजनीतिक दलहरूको भूमिका हिजो,आज र भोली पनि रहने भन्दै मानवअधिकारको उल्लङघनकर्ता राज्य नै हुने गरेको बताए । उनले जुनसुकै दलले सत्ता प्राप्तिका लागि गोली हान्ने प्रवृति छोड्यो भने मात्रै पनि मानवअधिकारको हनन् रोकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप