शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

बुधबार, २९ असार २०७९, १५ : ३१
बुधबार, २९ असार २०७९

आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । टिटवुड ग्लासगोमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।  नेपालविरुद्ध स्कटल्यान्डले केही बेरमा ब्याटिङको थाल्नेछ । 

नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्याण्ड दोस्रो जितको खोजीमा हुनेछ ।  पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको थियो । 

लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप