५९ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार
बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५९ अंकमाथिको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा आज थप ५९.५४ अंकले बढ्ने नेप्से सूचक १९८६.८२ अंकमा पुगेको हो । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १२.४२ अंकले बढ्दै ३८१.३७ अंकमा उक्लिएको छ ।
उसो त झण्डै ६० अंकले बढेको बजारमा आज २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूह ६.२५ प्रतिशतले, ट्रेडिङ ५.३९ प्रतिशतले, अन्य उपसूचक ४.७२ प्रतिशतले, हाइड्रोपावर समूह ४.७१ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ४.१८ प्रतिशतले बढेको छ ।
यसैगरी इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८७ प्रतिशतले, होटल तथा पर्यटन ३.७९ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.३१ प्रतिशतले, म्यानु एण्ड प्रो २.८६ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योलको गिरफतारीबारे के भन्छन् विपक्षी नेता ?
-
भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जाड दिऔँ: उपप्रमुख डङ्गोल
-
बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित
-
थुनछेकको लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
-
सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर
-
जय ट्रफी क्रिकेट : आलमको ७ विकेट, पुलिसद्वारा इनिङ्स समाप्तिको घोषण