सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गरिमा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

बुधबार, २९ असार २०७९, १४ : ५१
बुधबार, २९ असार २०७९

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिमा विकास बैंकले काठमाडौं र स्याङ्जामा सहयोग गरेको छ । काठमाडौंको माछापोखरी शाखाको समन्वयमा बसन्तनगरस्थित तारकेश्वर धाममा क्रियापुत्री घर कम्पाउन्डमा आवश्यक ३० थान डस्टबिन सहयोग भएको छ । सो डस्टबिन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरिएको हो । 

 त्यस्तै, स्याङ्जाको वालिङ शाखाको समन्वयमा वालिङ्ग बहुमुखी क्याम्पसलाई  बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप