काँग्रेस नेता पौडेलको एमालेलाई प्रश्न- एम अधिकारी को हुन् ?
बुधबार, २९ असार २०७९, १४ : ४५
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महाप्रसाद अधिकारी गभर्नर हुन् भने एम अधिकारी को हुन् भन्दै एमालेसँग प्रश्न गरेका छन् । उनले यसबारे एमालेले सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेका छन् । उनले आर्थिक संकटका बीच कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले लक्ष्य भेटाउन नसक्ने पनि ट्वीटरमार्फत बताएका छन् ।
‘महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन् ? एमालेले सार्वजनिक गरोस्,' पौडेलले भनेका छन्, 'कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले लक्ष्य भेटाउन सक्दैन, यो तथ्य पछिल्लो एमाले सरकारको काम हेरेर पुष्टि हुन्छ। चुलिँदो आर्थिक तरलतालाई फास्ट ट्रयाकमा हल गर्न र नागरिकका दैनिक समस्या सम्बोधन गर्न लचक हुनुपर्दछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण