जसपाका दुई गुटको बैठक दुईतिर : बाबुरामलाई पार्टी पुनर्गठन गर्न सुझाव
फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को दुई गुटको बैठक दुईतिर चलिरहेको छ । डा बाबुराम भट्टराई पक्षको काठमाडौँको जडिबुटी र उपेन्द्र यादव पक्षको मधेश प्रदेशको वीरगञ्जमा बैठक चलिरहेको हो ।
जसपा भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक हिजोदेखि काठमाडौँमा चलिरहेको हो भने यादव पक्षको केन्द्रीय समितिको बैठक वीरगञ्जमा आजदेखि सुरु भएको हो ।
भट्टराईले हिजो जडिबुटीमा सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल सुरु भएको छ । राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि हिजो ११ वटा समूह बनाइएको थियो । सो समूहमा छलफल भइसकेपछि आज ती समूहका लिडरले राजनीतिक प्रतिवेदनमाथि आआफ्नो धारणा राखिरहेका छन् । हालसम्म पाँचवटा समूहबाट राजनीतिक प्रतिवेदनबारे धारणा आइसकेको एक नेताले जानकारी दिए ।
आफ्नो कुरा राख्ने क्रममा अधिकांश नेताले जसपा नेपाल पुनर्गठन हुनुपर्नेमा जोड दिएका छन् । पार्टीलाई समावेशी बनाउनका लागि पुनर्गठन नै गर्नुपर्ने कुरामा जोड दिएको बैठकमा सहभागी जसपाका नेता दीपक महतोले बताए । जसपामा देखिएको अहिलेको विवाद समावेशी र नेतृत्वको भएको भन्दै उनले त्यसका लागि पार्टीलाई पुनर्गठन नगरे त्यहाँ काम गर्न गाह्रो हुने अधिकांशको धारणा रहेको जानकारी दिए ।
यादवले जसपा एकलौटी चलाउन खोजेका निष्कर्षका साथ पार्टी विभाजन गर्नुभन्दा पनि सोही पार्टीलाई पुनर्गठनका लागि प्रयास गर्नुपर्ने सुझाव दिएको नेता महतोले बताए । हिजो उद्घाटन सत्रमा पनि अध्यक्ष भट्टराईले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका थिए । त्यसका लागि यादव सुध्रिएर आउनुपर्ने उनको धारणा थियो । उनले जसपालाई एकीकृत राख्नका लागि छलफल गर्न उनले उपेन्द्र यादवलाई आह्वान गरेका थिए । कार्यकारिणी सदस्य महिन्द्र राय यादवले पनि पार्टी विभाजन नभई एकताका लागि बैठक बसेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण