मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

विक्रमसिंघे कार्यवाहक राष्ट्रपति, श्रीलंकामा संकटकाल

बुधबार, २९ असार २०७९, १४ : ३९
बुधबार, २९ असार २०७९

श्रीलंकमा प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् । सभामुखका अनुसार राष्ट्रपति गोटाबाया राजपक्षेले उनलाई श्रीलंकाको संविधानको अनुच्छेद ३७.१ अनुसार विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएका हुन् ।

पछिल्ला दिनमा सबै घोषणा संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएको छ । विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेपछि संकटकालको घोषणा गरिएको छ । यसको साथै पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । यो जानकारी प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका हुन् ।

संकटकालका बावजुद हजारौँको संख्यामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा घुस्ने प्रयास गरेका थिए । प्रदर्शनकारीहरूलाई रोक्न सुरक्षाकर्मीले अश्रु ग्याँस चलाउनुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप