गभर्नरको बचाउमा उत्रिए घनश्याम, एम अधिकारीबारे भने बताएनन्
नेकपा एमालेका नेता तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेका छन् । उनले अधिकारी पार्टीको आर्थिक विभागको सदस्य नरहेको जिकिर गरेका छन् ।
पार्टी कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था नरहेको उल्लेख गर्दै भुसालले अधिकारी स्वयंले पनि कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको बताइसकेको बताएका छन् । ‘म प्रमुख रहेको नेकपा एमाले, अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ’, भुसालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रथमतः, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको स्पष्ट पारिसक्नुभएको छ। दोस्रो, हाम्रा कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’
भुसालले एम अधिकारी को हो भन्नेबारे चाहिँ खुलाएका छैनन् । एम अधिकारी महाप्रसाद अधिकारी नै भएको भन्दै उनलाई कारबाहीको माग गर्दै संसदमा समेत आवाज उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण