शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नरको बचाउमा उत्रिए घनश्याम, एम अधिकारीबारे भने बताएनन्

बुधबार, २९ असार २०७९, १४ : २०
बुधबार, २९ असार २०७९

नेकपा एमालेका नेता तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेका छन् । उनले अधिकारी पार्टीको आर्थिक विभागको सदस्य नरहेको जिकिर गरेका छन् । 

पार्टी कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था नरहेको उल्लेख गर्दै भुसालले अधिकारी स्वयंले पनि कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको बताइसकेको बताएका छन् ।  ‘म प्रमुख रहेको नेकपा एमाले, अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ’, भुसालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रथमतः, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको स्पष्ट पारिसक्नुभएको छ। दोस्रो, हाम्रा कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’

भुसालले एम अधिकारी को हो भन्नेबारे चाहिँ खुलाएका छैनन् । एम अधिकारी महाप्रसाद अधिकारी नै भएको भन्दै उनलाई कारबाहीको माग गर्दै संसदमा समेत आवाज उठेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप