शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नरको राजीनामा माग गर्दै वाइसिएल र अखिल (क्रान्तिकारी)ले प्रदर्शन गर्ने

बुधबार, २९ असार २०७९, १४ : १६
बुधबार, २९ असार २०७९

माओवादी (केन्द्र) निकट भातृ संगठनहरु वाइसिएल र अखिल (क्रान्तिकारी) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गर्ने भएको छ । ती संगठनले अपरान्ह ४ बजे माइतीघरमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् । 

बुधबार अपराह्न ४ बजे माइतीघरबाट विरोध प्रदर्शन शुरु हुने अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीविरुद्ध समाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप