भारतले नेपाली चियाको आयातमा कडाइ गर्ने
भारतले नेपालबाट भित्रिने कम गुणस्तरको चियामा कडाइ गर्ने भएको छ । दार्जिलिङको उच्चस्तरको चियासँग मिसाएर नेपालबाट भित्रिने कम गुणस्तरको चियाले त्यसको विश्वव्यापी ब्रान्डमा असर पुगेको भन्दै भारतले आयातमा कडाइ गर्न लागेको हो ।
भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयले नेपालबाट भित्रिने सस्तो चियालाई रोक्न नियमहरू लागू गरिसकेको बताएको छ भने संसदको समितिले पनि नेपालबाट चिया आयात गर्दा ‘सर्टिफिकेट अफ ओरिजिन’ का लागि कडा नियमहरू लागु गर्ने गरी दुई देशबीचको सम्झौतामा पुनर्मुल्याङ्कन गर्न सुझावसमेत दिएको छ ।
फाइनान्सियल एक्सप्रेसका अनुसार केही निर्यातकर्ताहरुले दार्जिलिङको चिया भन्दै नेपालको सस्तो चिया भित्र्याइरहेको र यसले दार्जिलिङका चिया किसानहरूलाई घाटा भइरहेको भारतको ठहर छ । त्यस्तै, केही स्थानीय निर्यातकर्ताले नेपालकै कम गुणस्तरको चियालाई दार्जिलिङको चिया भन्दै विश्व बजारमा पठाइरहेको बताइएको छ । यसले दार्जिलिङको चियाको मूल्य विश्व बजारमा कम भएको भारतको बुझाइ छ ।
भारतको चिया बोर्डले मन्त्रालयको सुझावहरूलाई लागू गर्न सुरु गरेको बताए पनि साना व्यापारीहरूले भने अझै पनि नेपाली चिया ठूलो मात्रामा भारत भित्रिरहेको आरोप लगाएका छन् । नेपाल र भारतबीच व्यापारसम्बन्धी नयाँ सन्धि सन् २००९ को अक्टोबरमा भएको यो सन् २०२३ सम्म लागू हुने समाचारमा उल्लेख छ । -द फाइनान्सियल टाइम्सबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा