यौन दुर्व्यवहारको आरोपमा वडा अध्यक्ष पक्राउ
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष घलानलाई मंगलबार दिउँसो १ बजे हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार वडा अध्यक्ष घलानलाई पीडित छात्राले दिएको जाहेरीको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको हो ।
राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई दुव्र्यवहार गरेको वडा अध्यक्ष घलानलाई आरोप छ । प्रतियोगितामा सहभागि हुन आएकी ती छात्रालाई वडाअध्यक्ष घलानले असार १८ गते राति हेटौंडा–१० स्थित होटलमा यौन दुव्र्यवहार गरेको आरोपमा छ ।
घटनापछि पीडित छात्रा र उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएका थिए । पक्राउ परेका वडा अध्यक्ष घलानलाई हिरासतमै राखी आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा