निजामती विधेयक कार्यान्वयनमा आए मात्र सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यका हरेक कामलाई प्रभावकारीरुपमा सम्पादन गर्ने काम कर्मचारी प्रशासनको भएको बताएका छन् ।
उनले प्रदेशसभाबाट निजामती विधेयक पारित गरी कार्यान्वयनमा आएमात्र सङ्घीयता बलियो हुने बताए । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश निजामती विधेयक विषयक छलफल कार्यक्रममा उनले प्रदेशका जनतालाई सकारात्मक रुपले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले कर्मचारी प्रशासनलाई जनताको सेवकका रुपमा अगाडि बढाएर सेवा प्रवाहलाई छिटो, छिटो प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए।
मुख्यमन्त्री केसीले सङ्घीयताको कार्यान्वयनका लागि कर्मचारी प्रशासन तयार भएपछि मात्रै सङ्घीयताले मूर्तरूप लिने बताए । उनले लुम्बिनी प्रदेशको निजामती कर्मचारी ऐन नमूना र कार्यान्वयनका लागि सहज हुने तरिकाले निर्माण गरी अगाडि बढाउन निर्देशनसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन