श्रीलंकामा प्रधानमन्त्री कार्यालयतर्फ बढिरहेका छन् हज्जारौँ प्रदर्शनकारी, विक्रमासिङ्घेलाई पद छोड्न दबाब
राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपनि श्रीलंकाको अवस्था तनावपूर्ण रहेको छ । हजारौं प्रदर्शनकारीहरू अहिले कोलम्बोको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयतिर अघि बढिरहेका छन्।
यो क्षेत्र मुख्य प्रदर्शन केन्द्र गाले फेस ग्रीनबाट लगभग २० मिनेट टाढा छ ।
राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए ।
तर, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सर्वदलीय सरकार बनेपछि राजीनामा दिने बताएका छन् । तर प्रदर्शनकारी भने रनिल विक्रमासिङ्घेबाट तत्काल राजीनामा चाहन्छन् ।
किनभने राजापाक्षेले देश छोडेपछि श्रीलंकाको संविधानअनुसार रानिल विक्रमासिङ्घे स्वतः ३० दिनका लागि कार्यवाहक राष्ट्रपति बन्नेछन् ।
एक प्रदर्शनकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘यदि राष्ट्रपति र प्रधानमन्त्रीले आज साँझसम्म राजीनामा नगरे हामी फेरि भेला हुनेछौं र संसद र अन्य सरकारी भवनहरू कब्जा गर्नेछौं ।’
एक प्रदर्शनकारीले आफू गोटा–रनिल सरकारविरुघ भएको छ र दुबै त्यहाँबाट जानुपर्ने माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख