शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपसभामुखको चुनाव : यस्तो छ निर्वाचनको कार्यतालिका

बुधबार, २९ असार २०७९, १२ : ३५
बुधबार, २९ असार २०७९

प्रतिनिधिसभाका उपसभामुख चयन गर्न दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार असार ३१ गते शुक्रबार निर्णयार्थ प्रस्तुत गरिने भएको छ । अर्थात ३१ गते उपसभामुखका लागि निर्वाचन हुने भएको छ ।  

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असार ३० गते उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गर्न समय छुट्ट्याइएको छ ।  यसरी सूचना दर्ता गर्न असार ३० गते बिहान ११ बजेदेखि १ बजेसम्मको समय छुट्ट्याइएको छ । त्यस्तै निर्धारित समयमा दर्ता भएका सूचनालाई मात्र क्रमअनुसार सूचना प्रकाशित गर्ने सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप