आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुनी डीसी युनाइटेडका प्रशिक्षक नियुक्त

बुधबार, २९ असार २०७९, १२ : ३१
बुधबार, २९ असार २०७९

वायन रुनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । इङ्ल्यान्डका पूर्व कप्तान रुनीलाई डिसी युनाईटेडले बुधबार मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

सन् २०१८ देखि ०१९ सम्म डिसी युनाईटेडमा खेलेका रुनी टिमको प्रशिक्षकका रुपमा क्लबमा आएका हुन् ।

रुनीले डिसीका लागि उनले ४८ खेलमा २३ गोल र १५ असिस्ट गरेका थिए । रुनी म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान पनि हुन् । ३६ वर्षीय रुनीले हालै डर्बीको मुख्य प्रशिक्षक पद छाडेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप