शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

श्रीलंकामा प्रधानमन्त्रीले गरे संकटकाल घोषणा

बुधबार, २९ असार २०७९, १२ : २८
बुधबार, २९ असार २०७९

श्रीलंकामा राजनीतिक अस्थिरता र अराजकताका बीच प्रधानमन्त्रीले संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् ।

प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यू लगाइएको छ । यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर माल्दिभ्स गएका छन् । उनले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकारको वकालत गर्दै आफू राजीनामा दिन तयार रहेको बताएका छन् । यी सबका बीच राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप