शाहरुखदेखि कट्रिनासम्म, निजी समारोहमा नाचेको यस्तो छ चार्ज
बलिउड स्टार अभिनयको माध्यमबाट दर्शकको मनमा राज गर्न सफल छन् । दर्शक पनि सेलिब्रेटीका लुक्स र अभिनय प्रति भुतुक्कै हुन्छन् । दर्शकको मायाका कारण कलाकारको स्टारडम बन्छ । यही स्टारडमले उनीहरुका लागि आम्दानीको ढोका खोलिदिन्छ । त्यसैले लोकप्रिय कलाकारको आम्दानीको श्रोत अभिनय मात्र नभएर निजी समारोह पनि हुने गरेको छ ।
यस्तो छ बलिउडका ५ स्टारको निजी समारोहमा पफर्मेन्स फिस :
शाहरुख : बलिउडका बादशाह अर्थात् शाहरुख खानले आफ्नो करियरमा धेरै उत्कृष्ट फिल्म दिएका छन् । अहिले उनी आफ्नो फिल्म ‘पठान’ र ‘जवान’ लाई लिएर चर्चामा छन् । उनी विवाह पार्टीहरूमा पनि धेरै सहभागी हुन्छन् । यसको लागि उनी राम्रो रकम चार्ज गर्छन् । रिपोर्टका अनुसार शाहरुख खानले बर्थ डे पार्टी, बिहे वा अन्य कुनै पनि निजी समारोहमा डान्स गरेबापत करिब ३ करोड (भारु) लिने गर्छन् ।
अक्षय कुमार : बलिउडका खेलाडी कुमारको नामले चर्चित अभिनेता अक्षय कुमार पनि निजी समारोहमा निकै उत्साहका साथ सहभागी हुन्छन् । रिपोर्टका अनुसार उनले एक कार्यक्रमको करिब २.५ करोड (भारु) लिन्छन् ।
सलमान : बलिउडका दबंग सलमान खानका फ्यानको कुनै कमी छैन । उनको फिल्मको दर्शक हमेसा प्रतिक्षा गर्दछन् । यही कारणले गर्दा उनीहरुलाई निजी पार्टीका कार्यक्रममा बोलाउन पनि धेरै निम्तो आउँछन् । रिपोर्टका अनुसार सलमान खानले पार्टी वा निजी समारोहमा डान्स गरेबापत करिब २ करोड (भारु) लिन्छन् ।
ऋतिक : आफ्नो लुक्स र अभिनयका अलावा अभिनेता ऋतिक आफ्नो नृत्यका लागि पनि चिनिन्छन् । रिपोर्टका अनुसार ऋतिक रोशनले एक प्राइभेट पार्टीमा डान्स गरेको करिब २.५ करोड (भारु) लिन्छन् ।
कट्रिना : बलिउडकी बार्बी डल कट्रिना कैफलाई एक निजी पार्टी समारोहमा निम्तो दिनको लागि मानिसको भिड लाग्ने गर्छ । रिपोर्टका अनुसार कट्रिनाले कुनै समारोह पार्टी वा कुनैपनि निजी कार्यक्रममा डान्स गरेबापत करिब ३.५ करोड (भारु) लिने गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीको शानदार जित
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ