आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टुबोर्ग ओपनको साथमा सांगीतिक सहकार्य गर्न जेसन डेरुलोको आमन्त्रण

बुधबार, २९ असार २०७९, १० : ५१
बुधबार, २९ असार २०७९

विश्वव्यापी रूपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्ग बीचको नयाँ सहकार्य अन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारहरूलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ । यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौँ वर्ष मनाउँदै छ । टुबोर्ग ओपनले संगीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकहरूका लागी अद्वितीय अनुभवहरू सिर्जना गर्दै आइरहेको छ ।

नयाँ कलाकारहरूका लागी उक्त सुवर्ण अवसर लस एन्जलसमा भएको थियो, जहाँ हस्ताक्षर नगरिएका कलाकारहरूले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रूपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयहरूमा छलफल गरे । त्यसपछि प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलहरू मध्ये एक, द विल्टर्न थिएटरमा जेसन डेरुलोको सामु प्रस्तुति दिने मौका पाए ।

उक्त अभियानमा आफ्नो सहकार्य बारे बोल्दै डेरुलोले भनेः “संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन, त्यसैले यदि तपाई एक संगीतकार बन्न चाहनुहुन्छ भने, तपाई लगभग आफ्नै भरमा हुनुहुन्छ । तर यी अनुभवहरूबाट गुज्रिएको कोही तपाईंको साथमा हुनाले ठूलो फरक पार्न सक्छ । यो अभियानको बारेमा मलाई मनपर्ने कुरा यही नै हो । मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए, त्यसैले म यी प्रतिभाशाली कलाकारहरूको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु । ”

टुबोर्ग ओपन प्रोजेक्टमा भेक नेपाल, डी एमसी भारत, सोखरुलो अबडुलेभ उज्वेकिस्तान, हल्को टर्की, इभा लोरेन्स सर्बिया र स्टोपोस्टो बोस्नियाका उदीयमान कलाकारहरू सहभागी छन् ।

यी कलाकारहरूले आउँदो महिनाहरूमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरुको उत्पादन र विकास गर्ने छन् । 

टुबोर्ग ओपनको आफ्नो अनुभव बारेमा कुरा गर्दै भेकले भने, ‘संगीतको बारेमा मात्र होइन, मेरो संगीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो । उनले गीत लेखन र मेरो प्रदर्शनको बारेमा सल्लाह दिए र त्यो म नेपाल फर्किएपछि मेरो प्रक्रियामा लागू गर्नेछु ।’

२०१७ को सुरुवात देखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरुसँग सहकार्य गरी संसारभरिका दर्शकहरूलाई जोड्ने हिटहरू निर्माण गरेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, “निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ । टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागी सधैँ सम्भवतः रूपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौँ । हामी यस वर्षका लागी जेसन डेरुलो र भेकसँग सहकार्यको लागी निकै उत्साहित छौँ र दर्शकहरूले पनि उक्त सहकार्यको नतिजा मन पराउनुहुने कुरामा धेरै सकारात्मक छौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप