यसरी मनाइयो २०९ औँ भानु जयन्ती
बुधबार, २९ असार २०७९, १० : ३२
१

२९ असार, २०७९, बुधबार । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो ।
हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।
१८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त