मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल : विष्ट

बुधबार, २९ असार २०७९, १० : २१
बुधबार, २९ असार २०७९

एमाले नेता गोकर्ण विष्टले गठबन्धन सरकारको एक वर्षे कार्यकाल पूर्ण रूपमा असफल बनेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल मार्फत एमाले सचिव समेत रहेका विष्टले सरकारको मूल्यांकन गर्दै वर्तमान सरकार बनेपछि राष्ट्रिय स्वाधिनता र आत्मसम्मान थप कमजोर बनेको जिकिर गरेका छन् । 

‘गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारका बीच राज्य संचालनका न्युनतम विधि, मूल्य र मान्यता माथि खिल्ली उडाउने गरी बिते’, विष्टले लेखेका छन्, ‘राष्ट्रिय स्वाधिनता र आत्मसम्मान कमजोर बन्यो । राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो । सरकारले नागरिकलाई सेवा पुर्याउनुको साटो थप आहत पुर्याउने काम गर्यो ।’ 

त्यस्तै उनले न किसानले समयमा मल पाएको  न विद्यार्थीले पढ्ने पुस्तक ? भन्दै प्रश्न गरेका छन् ।  ‘यो सरकार जनताका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र हैन गैरजिम्मेदार बन्यो । समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रह्यो’, पूर्वमन्त्री समेत रहेका विष्टको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप