सुक्खा पहिराेले बुटवल-पाल्पा सडक अवरुद्ध
बुधबार, २९ असार २०७९, ०९ : ३८

बुटवल पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा नजिकै ढुङ्गा सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको छ।
पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बिहान ढुङ्गा सहितको सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने तथा उताबाट बुटवल आउने सवारी साधन बाटोमै रोकिएको जनाएको छ ।
सडक सूचारु गर्नका लागि पहिरो हटाउने गर्ने प्रयास भैरहेको छ । यो सडकमा वर्खामा पानी पर्दा बेला बेलामा पहिरोले दु:ख दिने गरेको छ । आज भने सुक्खा पहिरो गएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि ‘राजागञ्ज’ सेन्सर पास
-
स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा
-
आदित्यनाथ फोटोमा एमालेको आशंका भारततिर
-
कोरम नपुगेको भन्दै सिन्धु विकास बैँकको साधारणसभा स्थगित