यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
बुधबार, २९ असार २०७९, ०९ : ०४
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ९५ रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।