मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध
सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ ।
यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए । ४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थायी संरक्षणका लागि ३१ योजना राखिएकामा २९ योजना कार्यान्वयन भएको छ ।
हेलम्बुको चनौटे, किउल, मेलम्ची बजार, चनौटे बजार, बाहुनेपाटिका बजारमा अस्थायी संरक्षणले कटानबाट जोगिएको भू तथा जलाधार ब्यवस्थापन कार्यालय सिन्धुपाल्चोक प्रमुख दिवाकर मास्कले बताए ।
डेढ मिटर तार जाली प्रयोग गरी आधा मिटर पछाडि छाड्दै ५ मिटर अग्लो र ५५ मिटर लामो तटबन्ध निर्माण भएका छन् । तटबन्धकै कारण ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पस, तालामाराङको तेर्से मा।वि र बाहुनेपाटिको जाल्पादेवि मा।विका भवन तथा संरचना नदिको कटानबाट जोगिएका जाल्पादेवि माविका प्राचार्य विष्णु गौतमको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी स्थानमा वर्षको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध