रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु
बुधबार, २९ असार २०७९, ०६ : ०१

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो ।
उनीहरु खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।
त्यस्तै रुपन्देहीकै समरीमाई गाउँपालिका–५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन् । बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि ‘राजागञ्ज’ सेन्सर पास
-
स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा