ज्योतिषी हेराएर निर्वाचन मिति तय
सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ ।
‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नुभएको छ, ज्योतिषलाई हेराएर मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो । यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२ असारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’मा गर्नेगरी सरकारसमक्ष आगामी २ मंसिरको मिति प्रस्ताव गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै
-
काठमाडौँ–१६ मा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरूको तीव्र दौडधुप