शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बाल यौन दुरुपयोग गरेको आरोपमा वडाध्यक्ष पक्राउ

मङ्गलबार, २८ असार २०७९, २३ : १३
मङ्गलबार, २८ असार २०७९

मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ ।  बाल यौन दुरुपयोगको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन हेटौँडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई वडाध्यक्षले बाल यौन दुरुपयोग गरेको आरोप छ । 

असार १८ मा सो घटना  भएको भन्दै पीडितको तर्फबाट शुक्रवार प्रहरीमा उजुरी परेको थियो । जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप