बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

अर्ध जलेको अवस्थामा महिलाको शव बरामद

मङ्गलबार, २८ असार २०७९, २२ : ०३
मङ्गलबार, २८ असार २०७९

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा आज दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा बरामद भएको हो ।

महिलाको अनुहारलगायतका अगाडिपटिबाट जीउको अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा शव बरामद भएको छ । उक्त शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण अर्धरूपमा जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप