चोरी गरेर अमेरिका पुर्याइएको टुँडाल नेपाल फर्काइयो
नेपालबाट चोरी भएर अमेरिका पुर्याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काई पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ ।
पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०.२ किलोग्राम तौलका दुई टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गरे । काठमाडौँ महानगरपालिका–१२ ह्युमत टोलमा रहेको दुईछाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३औँ र १४औँ शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएको थियो ।
उक्त टुँडालहरु एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इन्ष्टिच्युट अफ सिकागोमा प्रदर्शनीमा राखेका थिए । उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्यदूतावाससँग समन्वय गरी बीमा र ढुवानी खर्चसमेत बेहोरी युएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काएका हुन् । हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक थान, अमेरिकाबाट २३ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ र जर्मनीबाट एक थान मूर्ति तथा कलावस्तुहरु नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा