सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

केटी साथीलाई आँखा लगाएको भन्दै छुरा प्रहार

मङ्गलबार, २८ असार २०७९, २१ : १६
मङ्गलबार, २८ असार २०७९

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा युवकमाथि छुरा प्रहार भएको छ । असार २५ मा राति थली स्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय दीपेश शाक्य छन् । आफ्नो केटी साथीलाई राजनले आँखा लगाएको विषयमा विवाद हुँदा दीपेशले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  

छुरा प्रहार गरेको १८ घण्टाभित्र आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । छुरा प्रहारबाट राजनको पेटमा चोट लागेको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुई जनाले सँगै मदिरा सेवन गरेको र विवादपछि दीपेशले डेराबाट छुरा ल्याएर हानेको अनुसन्धानबाट थाहा भएको छ । प्रहरी वृत्त बौद्धले आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप