बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाल टी२० लिगलाई आईसीसीको मान्यता

मङ्गलबार, २८ असार २०७९, १९ : ०५
मङ्गलबार, २८ असार २०७९

विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको 'नेपालटी२०' लिगलाई आधिकारिक मान्यता दिएको छ । प्रशान्त विक्रम शाहले एक विज्ञप्ति जारी गर्दै नेपालटी२० देशकै पहिलो र एक्लो आधिकारिक टी२० क्रिकेट लिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा सो प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ । 'नेपालटी२०' लाई क्यानले आफ्नो स्वप्न परियोजनाको संज्ञा दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप