मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा युवा संघको नारा : हतियारको खेलोमा, श्रीलंकाको मेलोमा !

मङ्गलबार, २८ असार २०७९, ०६ : ००
मङ्गलबार, २८ असार २०७९

एमाले निकट राष्ट्रिय युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार युवा संघका कार्यकर्ताले काठमाडौमा माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाएका थिए । 

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष किरण पौडेलले सरकारको जनघाती निर्णयविरुद्ध विरोध प्रदर्शनमा उत्रनुपरेको बताए । उनले नेपालको अर्थतन्त्र कमजोर रहेको अवस्थामा कमिसनका लागि हतियार किन्ने सरकारले किसानलाई चाहिने मल किन्नतिर ध्यान नदिएको बताए । उनले हतियार किन्ने निर्णय नरोकिएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिए । १० बर्ष अघि नै प्रतिवन्ध लगाइएको इटालिनयनको उक्त हतियार १ अर्व ३५ करोडमा किन्न लागेको पौडेलको दावी छ ।

‘जनता महँगीको मारमा परेर डिप्रेसनको अवस्थामा पुगेका छन्, विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् तर यी प्राथमिकतामा आँखा चिम्लेर सरकार हतियार किन्न लाग्दैछ यो केका लागि ?’, पौडेलको प्रश्न छ । कोणसभापछि युवासंघका कार्यकर्ताहरु मसाल जुलुसहित बानेश्वरतर्फ गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप