यस्तो छ खगेन्द्र ‘पानीफोटो’ को ट्रेलर

अभिनेता खगेन्द्र लामिछानेको निर्देशित फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा बेपत्ता छोराको खोजीमा निस्किएको एक दम्पतीको कथा देखाउन खोजिएको छ । जसमा छोरा खोज्ने दम्पतीको भुमिकामा अनुप र मेनुका रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।
ट्रेलरमा अनुप बराल, मेनुका प्रधानको अलवा मलिका महत र खगेन्द्र स्वयं देखिएका छन् ।
खगेन्द्रकै कथा रहेको फिल्म नाटक ‘पानीफोटो’ माथि बनेको हो । नाटकको रुपमा यो मञ्चन भइसकेको छ । मञ्जुश्री प्रोडक्सनको निर्माण रहेको ‘पानीफोटो’ खगेन्द्रको निर्देशनमा डेब्यु फिल्म हो ।
१३ साउन प्रदर्शन मिति तोकिएको फिल्ममा अनुप, मेनुका, मलिका र खगेन्द्रको अलवा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ ।
कार्यक्रममा निर्देशक समेत रहेका कलाकार लामिछानेले सशस्त्र द्वन्द्वको कथा अहिले पनि कथा भन्नुपर्ने आवश्यक देखेर फिल्म बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
-
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा
-
किन राजीनामा दिन बाध्य भइन् जनमतकी सांसद गुरुङ ?
-
यौन दुर्व्यवहारमा दोषी ठहरिए फ्रान्सेली अभिनेता जेराद
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
-
नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु