शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

मङ्गलबार, २८ असार २०७९, १८ : १६
मङ्गलबार, २८ असार २०७९

सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित  बहुमत सांसदहरुको सहमतिमा २२ औं वार्षिक प्रतिवेदन पास भएको समितिका सचिव डा.रोजनाथ पाण्डेले बताए । 

उनले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको बताए । 

उनले भने,‘समितिको बैंठकमा उपस्थित सांसदहरुको बहुमतको सख्याले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने काम र प्रतिनिधि सभामा पठाउन स्वीकृत दिने निर्णय भयो । प्रमुख प्रतिपक्ष दलका मान्य सदस्यहरुले बैठक बहिस्कार गरेर छाडेर जानुभयो । उपस्थिति जनाएपछि । बीचमा बैठकमा सांसदहरु रहनुभयो । उहाँहरु उपस्थित संख्याको बहुमत भएको हुनाले उहाँहरुले प्रतिवेदन अनुमोदन गर्नुभयो । त्यही अनुसार हामी अगाडि बढेका छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप