मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ नेताले भने– नेपाल एक भएको हेर्न चाहान्छौँ

मङ्गलबार, २८ असार २०७९, १८ : ०९
मङ्गलबार, २८ असार २०७९

 नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 
मंगलबार नयाँ बानेश्वरमा भएको दुई पक्षीय भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्ध अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको बैठकपछि नेपालले जानकारी दिए । 

‘नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषयमा कुराकानी भए’, अध्यक्ष नेपालले भने,‘नेपालबाट चीन र चीनबाट नेपालले सिक्ने कुराहरुमा डेलिगेसन आदान प्रदान गर्ने विषयमा छलफल र कुराकानीहरू भए ।’ 

भेटवार्तामा नेपाल एक चीन नीतिमा दृढ रहेको तथा  नेपालको भूमि बाह्य हस्तक्षेपका लागि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।  यसैगरी चीनसँगको सम्बन्धमा कुनै समस्या रहेको छैन भन्नेमा विश्वास पनि दिलाएको अध्यक्ष  नेपालको भनाइ थियो ।

त्यसक्रममा चिनियाँ पक्षले नेपाललाई महत्व दिएको र सहयोग आदान प्रदानमा कुनै कमि नआउने जवाफ दिएको थियो । चिनियाँ पक्षले आम रुपमा नेपाल एक भएको र नेपालका पार्टीहरू एक भएको हेर्न चाहेको बताएका थिए । ‘नेपाल र नेपालका पार्टी एक भएकोबारे चर्चा भए तर फलाना पार्टी भनेर कुरा भएन । एकता नै बल हो । नेपालका पार्टीहरू एक भएर बढून् भन्ने उहाँहरुको अपेक्षा रहेको देखियो’, अध्यक्ष नेपालले भने, ‘चीनको सुरक्षा चासोलाई प्रस्ट पार्ने काम हामीले गरेका छौँ । केही केही समस्या जन्मेका भएपनि पार्टी र जनताले खबरदारी गर्छन् तर हामी स्वतन्त्र र परराष्ट्र नीतिका बारेमा हामी प्रतिवद्ध छौ भन्ने कुरा राख्यौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप