बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय विशेष छानविन समिति : कार्यविधि पारित, अर्थ मन्त्रालयलाई पत्राचार गर्ने

मङ्गलबार, २८ असार २०७९, १७ : ४७
मङ्गलबार, २८ असार २०७९

अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिले आवस्यक कागजात झिकाउन अर्थमन्त्रालयलाई पत्राचार गर्ने भएको छ । 

सिंहदरबारमा मंगलबार ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको पहिलो बैठकले समिति सचिवालयले तयार पारेको कार्यविधिमाथि छलफल गरेर अन्तिम रुप दिँदै बजेट निर्माणका सवालमा अर्थमन्त्रालयसँग सम्बन्धित कागजात मगाउन पत्राचार गर्ने निर्णय गरेको हो ।

त्यस्तै समिति सभापति चयन गर्ने विषयमा छलफल भएपनि सहमति जुट्न सकेन । समितिका एक सदस्यले दिएको जानकारी अनुसार सहमतिकै आधारमा सभापति चयन गर्न दलहरु सकारात्मक रहेका छन् । भोलि बस्ने बैठकबाट सभापति चयन गर्ने समितिको तयारी छ । 

समितिको अर्को बैठक बुधबार दिउँसो साढे बजे सिंहदरबारमा बस्नेछ । बजेट निर्माण गर्दा अनाधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्रीमाथि छानविन गर्न असार २२ गते ११ सदस्यीय संसदीय विशेष छानविन समिति गठन भएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन तयार पार्न भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप