मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको वीरगञ्ज बैठकमा को-को छन् सहभागी ?

मङ्गलबार, २८ असार २०७९, १६ : ५४
मङ्गलबार, २८ असार २०७९

जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजधानीको जडीबुटीमा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेकै दिन अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा कार्यकारिणी समिति बैठक आयोजना गरेका हुन् ।

पुजन होटलमा आयोजित बैठकमा अध्यक्ष उपेन्द्र यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, सुशीला श्रेष्ठ, रामसहाय यादव, मनिष सुमन, परशुराम बस्नेत, विजय यादव, मृगेन्द्र सिंह यादव, रकम चेमजोङ, रनध्वज कन्दङ्वा, युवराज कार्की, गजेन्द्र यादव, प्रकाश अधिकारी, शिवलाल थापा उपस्थित छन् ।

कार्यकारिणी समिति ३५ सदस्यीय छ । जसमध्ये रेशम चौधरी जेलमा छन् भने उनले छुट्टै दल गठन गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप