शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अब बैंकमा नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने

मङ्गलबार, २८ असार २०७९, १६ : ४४
मङ्गलबार, २८ असार २०७९

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् । 

मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको  भने एक जना ग्राहकको खातामा दैनिक अधिकतम रू. ९९,५०० सम्म नगद जम्मा गर्न सकिने सीमा तोकिएको  छ । नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइकलर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने÷राख्ने बक्स खुल्नेछ । 

उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ । बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस थापाथलीमा सञ्चालन गरेको छ भने यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको जनाएको छ । 
नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट यो सेवाबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप